अब परिवर्तनको नेतृत्व विकल्प दिन सक्ने पार्टीले गर्नुपर्छ : मन्त्री घिसिङ

हिमाल प्रेस १७ मंसिर २०८२ १८:१२
8
SHARES
अब परिवर्तनको नेतृत्व विकल्प दिन सक्ने पार्टीले गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौँ- ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकांक्षा बमोजिम वैकल्पिक भनिएका शक्तिहरू एक ठाउँमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन्। अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए।

घिसिङले जेनजी आन्दोलनले भ्रष्टाचारमुक्त देशको विषय मुख्य रूपमा उठाएकाले भ्रष्टाचारमुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे। सही व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेनजी आन्दोलनको अवस्था नआउने भन्दै उनले सही व्यक्ति सही स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने जिकिर गरे।

ठूला–ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुन सक्ने भएकाले भाषणभन्दा परिणाममुखी काम गर्न सक्नुपर्ने उनले बताए।

उनले जेनजी आन्दोलनपछिको चुनौती स्वीकार गर्र्दै आफू सरकारमा सहभागी भएकाले आफूले पूर्णरूपमा जिम्मेवारी पूरा गर्ने धारणा राखे।

प्रकाशित: १७ मंसिर २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast