षडयन्त्रले कति पनि विचलित भएको छैन : रवि लामिछाने

हिमाल प्रेस ५ पुष २०८२ १६:०२ | Saturday, December 20, 2025
28
SHARES
षडयन्त्रले कति पनि विचलित भएको छैन : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धको षडयन्त्रले कति पनि विचलित नभएको बताएका छन्।

शनिबार चितवनमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दैै लामिछानेले देशका निम्ति लड्दा आफुमाथि विभिन्न षडयन्त्र भए पनि कति पनि बिचलित नभएको बताएका हुन्।

उनले जेनजीको आन्दोलन र उनीहरुको मागप्रति आफ्नो समर्थन रहेको समेत बताए। जेनजीको आन्दोलनपछि बनेको सरकारले विचलित नभई चुनाव गराउनुपर्ने उनको भनाइ छ। उनले वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पारे।

आफूलाई हेलिकप्टरमा झुण्डिएर भाग्नेहरुले विभिन्न मुद्दा लगाएर जेल पठाएको भन्दै लामिछानेले त्यस्ता निर्वाचनमा नेताहरुलाई शून्यमा झार्न आग्रह गरे।

त्यस्तै उनले देशमा परिवर्तन चाहनेसँग सहकार्य गर्न छलफल भइरहेको भन्दै यसका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

प्रकाशित: ५ पुष २०८२ १६:०२ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast