काठमाडौँ- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।
उनले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने बताइएको छ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रकाशित: २१ मंसिर २०८२ ९:२३
प्रतिक्रिया



