नेप्से १०.८७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब १३ करोड रुपैयाँ पुग्यो

हिमाल प्रेस १६ पुष २०८२ १५:४२ | Wednesday, December 31, 2025
22
SHARES
नेप्से १०.८७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब १३ करोड रुपैयाँ पुग्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १०.८७ अंकले बढेर २,६३३.७६ विन्दुमा बन्द भएको छ।

तीन दिन लगातार बढेसँगै मंगलबार नेप्से १०.५३ अंकले घटेको थियो। बुधबार कारोबार सुरु भएलगत्तै नेप्सेमा हरियाली भएको थियो।

परिसूचक कारोबार अवधिमा २,६४३.५९ विन्दुसम्म पुगेको थियो। अन्त्यतिर केही अंक घटे पनि नेप्से ०.४१ प्रतिशतले बढेर बन्द भयो।

कारोबारका क्रममा १६३ कम्पनीका सेयर मूल्य बढेका छन् भने ८९ कम्पनीका घटेका छन्। आठ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

कारोबार रकमका आधारमा ग्रीन भेन्चर्स लिमिटेड अग्रस्थानमा रहँदै १७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

त्यसपछि बान्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड रहेका छन् जसको कारोबार क्रमशः १५ करोड ८८ लाख ३० हजार र १३ करोड ५८ लाख ४० हजार रुपैयाँ रह्यो।

कुल कारोबार रकम बढेर ५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। ६९ हजार ९८१ कारोबारमार्फत १ करोड १९ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन्।

सबै क्षेत्रगत परिसूचकहरू हरियालीमा बन्द भएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६१ प्रतिशतले बढ्यो।

त्यसपछि होटल तथा पर्यटन र जीवन बीमा समूह क्रमशः ०.९२ प्रतिशत र ०.५३ प्रतिशतले उक्लिएका छन्।

प्रकाशित: १६ पुष २०८२ १५:४२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast