नेपालको पहिलो महिला मेयर कान्तिका सेजुवाल जुम्लाबाट प्रतिनिधिसभाका लागि सिफारिस

हिमाल प्रेस २ पुष २०८२ ८:५४
68
SHARES
नेपालको पहिलो महिला मेयर कान्तिका सेजुवाल जुम्लाबाट प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौँ- नेपाली कांग्रेस जुम्लाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले सभापति कर्णबहादुर शाही, विघटित प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो।

सेजुवाल नेपालकी पहिलो जननिर्वाचित महिला मेयर हुन्। उनी २० वर्षपछि भएको स्थानीय तह निर्वाचन २०७४ मा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् ।

जुम्लाबाट समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ । जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, खस-आर्य समूहबाट धनबहादुर बस्नेत, गोविन्दबहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य र परेकलाल घर्ती सिफारिस भएका छन् ।

यस्तै दलिततर्फ गोरखबहादुर सुनार, महिला तथा दलिततर्फ माया नेपाली, महिलातर्फ नेत्रकला शाही र नविना केसी बडुवाल र अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लालबहादुर जिसी तथा रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ ।

जुम्लाबाट राष्ट्रियसभाका लागि चार जना आकांक्षीहरूको नाम केन्द्रमा पठाइएको छ । कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रियसभा उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन् ।

प्रकाशित: २ पुष २०८२ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast