कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पायो पूर्णता

हिमाल प्रेस २१ मंसिर २०८२ १८:४९
64
SHARES
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पायो पूर्णता कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ। आइतबार दुई जना सदस्य मनोनयन भएसँगै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पूर्णता भएको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई केन्द्रीय निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन्।

वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको समितिको रिक्त दुई सदस्यमा अधिकारी र कटुवाल नियुक्त भएसँगै समितिले पूर्णता पाएको हो। समितिमा अधिवक्ता एगराज पोखरेल र अधिवक्ता तेज रावल सदस्य थिए।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गत मंसिर १५ गते सम्पन्न केन्द्र्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कार्यवाहक सभापति खड्काले निर्वाचन समितिका सदस्यहरू मनोनीत गरेको जानकारी दिए।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३५ मा केन्द्रीय निर्वाचन समिति रहने व्यवस्था छ।

प्रकाशित: २१ मंसिर २०८२ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast