नेपाली कम्युनिस्टले गर्‍यो रुपन्देही-३ बाट गुप्तादेखि गाहासम्मलाई सिफारिस

हिमाल प्रेस ११ पुष २०८२ १२:०३ | Friday, December 26, 2025
20
SHARES
नेपाली कम्युनिस्टले गर्‍यो रुपन्देही-३ बाट गुप्तादेखि गाहासम्मलाई सिफारिस

रुपन्देही- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिए।

त्यस्तै, समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा हकिकुल्ला खाँ, सोनिया यादव, जयबहादुर सुनार, आशाकुमारी चौधरी, डा.ऋषिराम पाण्डे, धनबहादुर गुरुङ, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठ छन्।

२०७९ मा सम्पन्न निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ११ पुष २०८२ १२:०३ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast