नेपाल-आसियान पर्यटन वर्ष २०२६ मनाइने

हिमाल प्रेस १६ पुष २०८२ १६:१७ | Wednesday, December 31, 2025
12
SHARES
नेपाल-आसियान पर्यटन वर्ष २०२६ मनाइने

काठमाडौँ- नेपाल पर्यटन बोर्डले नेपाल-आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा गरेको छ।

आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन्।

हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको उनले बताए। जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए।

जेनजी आन्दोलनपछिको अवधिमा आठ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिए।

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट पारे।

प्रकाशित: १६ पुष २०८२ १६:१७ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast