छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

हिमाल प्रेस ११ पुष २०८२ १८:५७ | Friday, December 26, 2025
12
SHARES
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा परराष्ट्रमन्त्री बालानन्द शर्मा

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन्।

मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे।

मन्त्री शर्माले भने, ‘दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन्। उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ। सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ।’

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ।

प्रकाशित: ११ पुष २०८२ १८:५७ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast