काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी नेकपाले बिहीबार धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ।
धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरिएको नता महेन्द्र राय यादवले जानकारी दिए।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ।
प्रकाशित: १८ मंसिर २०८२ ८:३१
प्रतिक्रिया



