एनसीसी अल्मुनाइको आठौँ वार्षिकोत्सव, प्रधानसेनापतिले प्रशंसा

हिमाल प्रेस १३ पुष २०८२ १९:२७ | Sunday, December 28, 2025
12
SHARES
एनसीसी अल्मुनाइको आठौँ वार्षिकोत्सव, प्रधानसेनापतिले प्रशंसा

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गरेका छन्।

राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीहरूको संस्था  एनसीसी अल्मुनाइ एशोसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक समेत रहेका सिग्देलले एसोसिएसनले पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गरे।

एसोसिएसनका निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक  यामप्रसाद  ढकालले संस्थाका कार्यक्रमबारे जानकारी दिए।

एनसीसी विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ मा स्थापना भएको थियो। राष्ट्रिय सेवा दलले वार्षिक करिब सात हजार ७०० जनालाई तालिम गराउँदै आएको छ।

तालिम हालसम्म ८६ हजारभन्दा बढी छात्र/छात्राहरूले लिइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: १३ पुष २०८२ १९:२७ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast