नेविसंघकी नेत्री प्रेमिका इलाम २ बाट उम्मेदवार सिफारिस

हिमाल प्रेस २४ मंसिर २०८२ १६:२६ | Wednesday, December 10, 2025
812
SHARES
नेविसंघकी नेत्री प्रेमिका इलाम २ बाट उम्मेदवार सिफारिस

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) की नेत्री प्रेमिका रानामगर इलाम क्षेत्र नं २ बाट समानुपातिकतर्फको उम्मेदवारमा १ नम्बरमा सिफारिस भएकी छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी उम्मेदवार सिफारिस भएकी हुन्।

इलाम क्षेत्र नं २ को बुधबार सम्पन्न बैठकबाट रानामगर सर्वसम्मत रुपमा समानुपातिकमा चयन भएको इलाम कांग्रेसले जनाएको छ। इलामको विकट गाउँमा जन्मिएर नेविसंघको केन्द्रीय राजनीतिमा सक्रिय रानामगरले गत महिना आएको बाढीले विपत्मा परेका इलामेली जनताको घरदैलोमा पुगेर उद्धार तथा राहत वितरण गरेकी थिइन्।

प्रकाशित: २४ मंसिर २०८२ १६:२६ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast