फाइल तस्बिर।
काठमाडौँ- सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
पार्टीको कार्यदलका एक सदस्यका अनुसार क्षेत्र नम्बर २ बाट प्रचण्डसहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
त्यस्तै समावेशी प्रतिनिधित्वअन्तर्गत महिलाको कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ भने ‘जेनजी’ प्रतिनिधित्वका लागि सुमन राना मगरको नाम प्रत्यक्षतर्फ अघि सारिएको छ ।
यसैगरी सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुङ्गेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ।




