एनपीआई नारायणी सामुदायिक हस्पिटलको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

हिमाल प्रेस ७ पुष २०८२ २०:४८ | Monday, December 22, 2025
2
SHARE
एनपीआई नारायणी सामुदायिक हस्पिटलको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

काठमाडौँ- एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रहेको र एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निकष्कासन गर्न लागेको हो। त्यस्तै संस्थापक समूहअन्तर्गतको ८० प्रतिशत सेयर कायम रहेको कम्पनीले जनाएको छ।

थप सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको चार सय शय्या क्षमताको जनरल अ क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजी आवश्यक पर्ने भएकालेले सार्वजनिक निष्कासनमा जान लागिएको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिए।

सोमबार आयोजित एक कार्यक्रमका बीच एनपीआई नारायणी सामुदायिक हस्पिटलका तर्फबाट सञ्चालक खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

प्रकाशित: ७ पुष २०८२ २०:४८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast