आगो लगाएर बुहारीको हत्या अभियोगमा सासु र नन्द पक्राउ

हिमाल प्रेस ८ पुष २०८२ १५:४३ | Tuesday, December 23, 2025
12
SHARES
आगो लगाएर बुहारीको हत्या अभियोगमा सासु र नन्द पक्राउ

सिन्धुली- पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले मंगलबार कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरेको जनाएको हो।

प्रहरीका अनुसार अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशि रोजगारीमा छन्।

घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ। अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ।

घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। रासस

प्रकाशित: ८ पुष २०८२ १५:४३ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast