मिराज ढुंगाना समूहले माइतीघरमा कार्यक्रम गर्न लिएन अनुमति, सुरक्षा व्यवस्था कडा

हिमाल प्रेस ७ पुष २०८२ ११:२१ | Monday, December 22, 2025
20
SHARES
मिराज ढुंगाना समूहले माइतीघरमा कार्यक्रम गर्न लिएन अनुमति, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ‍।

आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको प्रशासन स्रोतले जनाएको छ।

ढुंगाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो। ढुंगानाले गरी खान देऊ अभियान चलाउँछन्। जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो।

प्रकाशित: ७ पुष २०८२ ११:२१ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast