चीन सरकारको छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयद्वारा आवेदन माग

हिमाल प्रेस २८ मंसिर २०८२ ११:५४ | Sunday, December 14, 2025
26
SHARES
चीन सरकारको छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयद्वारा आवेदन माग

काठमाडौँ- चीन सरकारबाट शैक्षिक वर्ष सन् २०२६/२७ का लागि नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा आवेदन खुला गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शुक्रबारको निर्णयअनुसार खुला र आरक्षण दुवै कोटाअन्तर्गत योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको हो।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार चीन सरकारको छात्रवृत्ति विभिन्न शैक्षिक तह र विषयमा प्रदान गरिनेछ। स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) तहका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ। आवेदन माग गरिएका तह र विषयहरू तपसिलमा उल्लेख गरिएका छन्।

यस छात्रवृत्तिअन्तर्गत अध्ययन शुल्क, आवास सुविधा, मासिक भत्ता तथा स्वास्थ्य बिमा जस्ता सुविधा समावेश हुने जनाइएको छ। विस्तृत विवरण, विषयगत कोटा तथा आवेदन प्रक्रिया मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। आवेदन, छनोट प्रक्रिया र अन्य शर्तसम्बन्धी थप जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक सूचनामार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८२ ११:५४ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast