मधेशका मुख्यमन्त्री यादवले विस्तार गरे मन्त्रिपरिषद्, अर्थ मन्त्रालय जनमतलाई

हिमाल प्रेस २१ मंसिर २०८२ १३:३४
20
SHARES
मधेशका मुख्यमन्त्री यादवले विस्तार गरे मन्त्रिपरिषद्, अर्थ मन्त्रालय जनमतलाई

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार ग्रहण लगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार उनले कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्रिपरिषद्मा समावेश गर्दै तत्काल तीन सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेका हुन्।

जनमत पार्टीका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई भने हाललाई विना विभागीय मन्त्रीका रूपमा समेटिएको छ। गठबन्धनबीचको अन्तिम सहमति अनुसार आगामी दिनहरूमा मन्त्रालयहरूको छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरिने जनाइएको छ।

नवनियुक्त तीनैजना मन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश प्रमुखको कार्यालयमा गराइएको छ।

६ दलीय गठबन्धनको सहमति अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित दुई मन्त्रालय, जसपा सभामुख सहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टी तीन मन्त्रालय, जनमत दुई मन्त्रालय र लोसपा दुई मन्त्रालय बांडफांट गरिएको हो।

अर्थ जनमतले पाएको छ भने भौतिक जसपा र ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालय दिने सहमति रहेको बुझिएको छ।

प्रकाशित: २१ मंसिर २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast