रास्वपाको समानुपातिक सूचीमा मिलन लिम्बू

हिमाल प्रेस ६ पुष २०८२ ८:५६ | Sunday, December 21, 2025
14
SHARES
रास्वपाको समानुपातिक सूचीमा मिलन लिम्बू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बू प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीमा परेका छन्।

रास्वपाले सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा उनको नाम परेको हो। आदिवासी जनजाति क्लस्टरको सूचीमा परेका उनी अब रास्वपाको प्राइमरी इलेक्सनमा सहभागी हुनेछन्।

नेता लिम्बू ०८१ वैशाखमा इलाम-२ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बनेका थिए। इलाम २ बाट एमालेका सुहाङ नेम्बाङ निर्वाचित भए। त्यसपछि फेरि लिम्बू राजनीतिक गतिविधिमै संलग्न भए। अहिले उनी रास्वपाको समानुपातिक सूचीमा परेका छन्।

पत्रकारितामा करिब दुई दशक बिताएका लिम्बू आदिवासी जनजाति आन्दोलनमा स्थापित नेता हुन्। लामो समय उनले आदिवासी जनजातिको क्षेत्रमा आवाज उठाए। उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महासचिवसमेत भइसकेका छन्।

प्रकाशित: ६ पुष २०८२ ८:५६ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast