काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ।
बिहीबार महानगर प्रहरी बलले रानीबारी क्षेत्रको टाउनप्लानिङभित्र रहेका दुईवटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो।
बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ। त्यसका विरुद्ध कवाड व्यवसायीहरुले विरोध गर्दै आएका छन्।
प्रकाशित: २५ मंसिर २०८२ १५:०९
प्रतिक्रिया



