तस्बिर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा दुवै नेताबीच भेटवार्ता भएको हो।
कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका छन्।
भदौ २३–२४ गतेको जेनजी प्रदर्शनपछि देउवा र ओलीले पहिलोपटक प्रत्यक्ष भेटघाट गरेका हुन्।
भेटमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा, फागुन २१ को प्रतिनिधिसभा निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
प्रकाशित: १९ मंसिर २०८२ १६:४१
प्रतिक्रिया



