सञ्चारमन्त्री खरेल र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

हिमाल प्रेस ११ पुष २०८२ १७:२७ | Friday, December 26, 2025
12
SHARES
सञ्चारमन्त्री खरेल र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा सञ्चारमन्त्री खरेलले नेकपा संयोजक प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रचण्डले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै जसरी पनि निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै जसरी पनि निर्वाचनमा जानुपर्ने र समयमा नै निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताएको मन्त्री खरेलले जानकारी दिए।

संयोजक प्रचण्डले निर्वाचनमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको मन्त्री खरेलले बताए।

सरकारले पछिल्लो समय निर्वाचनको वातावरण बनाउन दलहरूसँगको छलफललाई तीब्र बनाएको छ। शुक्रबार नै सञ्चारमन्त्री खरेलले निर्वाचनकै सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

त्यस्तै शनिबार प्रधानमन्त्री सुशीला कार्कीले तीन शीर्ष नेता देउवा, ओली र प्रचण्डसँग भेट्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: ११ पुष २०८२ १७:२७ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast