बंगलादेशस्थित नेपाली दूतावासमा ध्यान दिवस

हिमाल प्रेस ६ पुष २०८२ २१:२६ | Sunday, December 21, 2025
30
SHARES
बंगलादेशस्थित नेपाली दूतावासमा ध्यान दिवस

ढाका (बंगलादेश)- विश्व ध्यान दिवसको अवसरमा बंगलादेशस्थित नेपाली दूतावासले जीवन विज्ञान फाउन्डेसनसँगको सहकार्यमा ‘ध्यान: खुसी र आन्तरिक शान्तिको जागरण’ विषयक कार्यक्रम गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ घोषणा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गराउन नेपालले अग्रणी भूमिका खेलेको स्मरण गरे। सन् २०२४ डिसेम्बरमा नेपालसहित ६ वटा देशको पहलमा यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

आजको युद्ध, सशस्त्र द्वन्द्व, प्राविधिक अवरोध, सामाजिक विखण्डन र जलवायु संकटजस्ता चुनौतीहरूले भरिएको विश्वमा ध्यानको सान्दर्भिकता झन् बढेको उनले बताए। उनले ध्यानलाई सचेत जीवनशैली र आन्तरिक अनुशासनको रूपमा व्याख्या गर्दै यसले व्यक्तिगत स्पष्टता र शान्ति प्रदान गरी समाजमा सद्भाव कायम गर्न मद्दत गर्ने उल्लेख गरे।

जीवन विज्ञानकी प्रशिक्षक अनिमा भण्डारीले गराएको ध्यान सत्रमा स्वजागरण, नमस्कार प्राणायाम र बीज प्राणायामको अभ्यास गरिएको थियो। कार्यक्रममा विभिन्न देशका राजदूत, कूटनीतिज्ञ र नेपाली समुदायको सहभागिता रहेको दूतावासले जनाएको छ।

प्रकाशित: ६ पुष २०८२ २१:२६ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast