माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन

हिमाल प्रेस ३ पुष २०८२ १४:५६ | Thursday, December 18, 2025
30
SHARES
माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन

काठमाडौँ- निर्देशक माओत्से गुरुङले फिल्म ‘पेन्सनपट्टा’ को छायांकन सुरु गरेका छन्। कास्कीको ताङतिङ गाउँमा शुभ मुहूर्तसहित छायांकन सुरु गरिएको निर्देशक गुरुङले बताए। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।

३५ दिनसम्म छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहनेछ।

फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्म भने लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउन खोजेको निर्देशक गुरुङ बताए।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहनेछ।

यसअघि गुरुङले ‘दयारानी’ निर्देशन गरेका थिए।

प्रकाशित: ३ पुष २०८२ १४:५६ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast