नुवाकोट १ बाट महतको एकल नाम सिफारिस

हिमाल प्रेस २५ मंसिर २०८२ १८:१५ | Thursday, December 11, 2025
26
SHARES
नुवाकोट १ बाट महतको एकल नाम सिफारिस

काठमाडौँ- नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत एकल सिफारिस भएका छन्।

क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महतको एकल नाम सिफारिस गरेको हो।

त्यस्तै समानुपातिकतर्फ पुरुषमा कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ र प्रकाश गौतमको नाम सिफारिस भएको छ।

समानुपातिक महिलातर्फ भवानी देवकोटा र अन्जु आचार्य तथा दलित महिला कोटाबाट कल्पना नेपालीको नाम सिफारिस भएको छ।

त्यस्तै राष्ट्रियसभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८२ १८:१५ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast