मधेश मन्त्रिपरिषद्को निर्णय : सरोज यादव नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

हिमाल प्रेस २१ मंसिर २०८२ १८:१८
42
SHARES
मधेश मन्त्रिपरिषद्को निर्णय : सरोज यादव नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

जनकपुरधाम- मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेको छ।

नवगठित मन्त्रिपरिषद्को आइतबार बसेको पहिलो बैठकले निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गरेका निर्णयहरू बदर गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी पत्रअनुसार यसअघिका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म गरेका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्नेलगायतका निर्णयहरू बदर गरिएको छ।

यसका साथै मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारबाट क्यान्सर, मिर्गौला, मुटु रोगलगायतका बिरामीहरूलाई प्रदान गरिँदै आएको औषधोपचार आर्थिक सहायता वितरण कार्यलाई निरन्तरता दिई तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्ने र यसका लागि चाुल आर्थिक वर्षमा विनियोजित रकम अपुग हुन गएमा आवश्यक पर्ने थप बजेट तथा स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै मधेश प्रदेश बाढी, डुबान, आगलागीलगायतका विपद्को उच्च जोखिममा रहेको र हाल शीतलहरको मौसमसमेत सुरू हुन लागेको सन्दर्भमा सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालाहरूसँग आवश्यक समन्वय एवं सहजीकरणको कार्य गृह, सञ्चार तथा कानुन मन्त्रालयले अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

प्रकाशित: २१ मंसिर २०८२ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast