मधेशको मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेस

हिमाल प्रेस १९ मंसिर २०८२ १६:२७
26
SHARES
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेस

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्।  यादवले ६ दलको समर्थनमा प्रदेश प्रमुख सुरेन्द्र लाभसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ प्रदेश सांसदले समर्थन गरेका छन्।

शुक्रबार बसेको ६ दलको बैठकमा कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको थियो। यसअघि मुख्यमन्त्रीका लागि लोसपाले समेत दाबी गरे पनि कांग्रेसको नाममा सहमति जुटेको थियो।

प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।

यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो। उनलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। एमाले संसदीय दलका नेता यादवलाई सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाउन सर्वोच्चले परमादेश दिएको थियो। सर्वोच्चको यही परमादेशबमोजिम मधेश प्रदेशमा फेरि नयाँ सरकार गठन भएको हो।

प्रकाशित: १९ मंसिर २०८२ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast