थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

हिमाल प्रेस २२ मंसिर २०८२ ७:५२
6
SHARES
थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

थाइल्याण्ड- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ। गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष यो कार्यक्रम गर्ने तय गरिएको दुतावासका प्रथम सेक्रेटरी कुमार विक्रम रेग्मीले बताए।

थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीको संरक्षकत्वमा उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा थाइल्याण्डमा कार्यरत संघसंस्थाहरु सदस्य रहनेगरी मुल आयोजक समिति गठन गरिएको दुतावासद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। त्यसमा उद्यमी कुमार कार्कीलाई बजेट तथा कोष व्यवस्थापन उपसमिति सयोजक चयन गरिएको उल्लेख छ।

त्यसैगरी मुन गुरुङलाई व्यवस्थापन एवं समन्वय उपसमिति संयोजक, विप्लव रेग्मीलाई सुचना प्रविधि तथा प्रचार प्रसार उपसमिति संयोजक, प्रेम अधिकारीलाई प्राविधिक तथा स्थलगत व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ।

नेपालमा समन्वय तथा प्रचारप्रसार गर्न एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे र टीएस ठकुरीलाई जिम्मेवारी दिइएको छ। नेपालबाट उक्त बैठकमा सहभागी ठकुरी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)का नेपाल प्रतिनिधि हुन् भने ११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपालकै सहज कोर्ष मानिएको धारा नेपालगन्ज म्याराथन तथा नेपाल रनिङ इन्टरनेसनल कन्फ्रेन्सका संस्थापक हुन्।

बैठकमा नेपालबाट धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका साथै नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रका साथै गैरआवासीय नेपाली संघ थाइल्याण्ड, पिपल अफ नेपाली ओरिजिन एसोसियसन, थाई नेपाल संघ, थाई नेपाल फ्रेन्डसीप एसोसियसन, संयुक्त राष्ट्र संघका प्रतिनिधि, वेष्टर्न युनियन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुकुट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, थाइल्याण्डमा विभिन्न पेशा र व्यवसायमा आवद्ध उद्यमीहरु लगायत केही थाई नागरिकको समेत उपस्थिति थियो ।

प्रकाशित: २२ मंसिर २०८२ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast