लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ पुस ५ देखि

हिमाल प्रेस ३ पुष २०८२ १८:०९ | Thursday, December 18, 2025
36
SHARES
लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ पुस ५ देखि

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ। लुम्बिनी लायन्सले आज (बिहीबार) सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ।

तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र बाँसगढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। पुस ६ गते दाङको तुलसीपुर-घोराहीमा टुर आयोजना हुनेछ।

पुस ७ गते रुकुमको रुकुमकोट-खलंगासम्म, पुस ८ गते रोल्पाको लिवाङ-सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते बिजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ।

साथै पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिंगेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।

लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।

एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो। लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।

एनपीएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो।

प्रकाशित: ३ पुष २०८२ १८:०९ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast