निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

हिमाल प्रेस ४ पुष २०८२ ५:४६ | Friday, December 19, 2025
42
SHARES
निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले विज्ञापन नं. ४४/०८२/८३ अन्तर्गत निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगको बिहीबारको निर्णयअनुसार प्रदेशगत रूपमा सफल भएका उम्मेदवारहरूको रोल नम्बर सहितको विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६ को उपनियम (१) बमोजिम गत मंसिर २० गते उक्त लिखित परीक्षा सञ्चालन गरिएको थियो।

परीक्षामा सहभागी उम्मेदवारमध्ये सफल भएकाहरूको विवरण आयोगको आधिकारिक वेबसाइट www.tsc.gov.np
मा उपलब्ध रहेको आयोगले जनाएको छ।

प्रकाशित: ४ पुष २०८२ ५:४६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast