रास्वपा लक्षित लिङ्देनको अभिव्यक्ति : प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

हिमाल प्रेस १६ पुष २०८२ १७:०२ | Wednesday, December 31, 2025
20
SHARES
रास्वपा लक्षित लिङ्देनको अभिव्यक्ति : प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई नयाँ भन्ने राजनीतिक शक्तिहरू न त सिद्धान्तमा नयाँ रहेको न त विचारमै स्पष्ट रहेको टिप्पणी गर्दै यस्ता दलहरू प्रधानमन्त्रीको दलालीमा लागेको बताए का छन्।

काठमाडौँमा बुधबार आयोजित राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय ‘नयाँ’ भनिने पार्टीहरू एकाएक जोडिन थालेकोप्रति शंका व्यक्त गरे।

अघिल्लो दिनसम्म एकअर्कालाई तीव्र आलोचना गरिरहेका दलहरू रातारात कसरी एक भए भन्ने प्रश्न उठाउँदै उनले यसमा कसको भूमिका छ भन्ने स्पष्ट नभएको बताए।

‘नयाँ भनिने पार्टीहरू किन र कसरी जोडिए भन्ने नै थाहा छैन। जोडिएर के गर्ने, कति सिट जित्ने भन्नेमा समेत उनीहरू स्पष्ट छैनन्,’ लिङ्देनले भने,‘प्रधानमन्त्रीको दलाली पार्टीभित्रै सुरु भइसकेको छ।’

उनले ती पार्टीहरू विचारविहीन भएको पनि बताए। उनले भने,‘सिद्धान्त के हो, विचार के हो भन्ने कुरा प्रस्ट छैन।’

लिङ्देनले जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेकपा एमाले कमजोर बनेको दाबी गरे। माओवादी केन्द्रले त आफ्नो नाम नै परिवर्तन गरेर अघि बढेको उल्लेख गर्दै उनले भने,‘हाम्रो एजेन्डाका लागि अहिलेको समय उर्वर बनेको छ।’

यस्तो अवस्थामा आउँदो प्रतिनिधिसभा निर्वाचनलाई केवल चुनावको रूपमा नभई आन्दोलनका रूपमा लिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १६ पुष २०८२ १७:०२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast