काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।
प्रकाशित: २२ मंसिर २०८२ ६:४३
प्रतिक्रिया



