ल्होसारले समाजमा सहिष्णुता, बन्धुत्व र आपसी सद्भावको भावना मजबुत बनाउँछ : पूर्णबहादुर खड्का

हिमाल प्रेस १५ पुष २०८२ ६:३२
8
SHARES
ल्होसारले समाजमा सहिष्णुता, बन्धुत्व र आपसी सद्भावको भावना मजबुत बनाउँछ : पूर्णबहादुर खड्का

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ल्होसारलाई तमु जातिको नयाँ वर्षका रूपमा मनाइने महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा संवर्द्धनमा सबैलाई प्रेरित गर्दै आएको छ ।

‘तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उनले भने ।
कार्यवाहक सभापति खड्काले तमु ल्होसारले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व र आपसी सद्भावको भावना मजबुत बनाउँदै आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माणमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस

प्रकाशित: १५ पुष २०८२ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast