कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

हिमाल प्रेस २७ मंसिर २०८२ १३:०४ | Saturday, December 13, 2025
16
SHARES
कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि फाइल तस्बिर

सुनसरी- पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो। क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन्।

प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख चार हजार र उपविजेतालाई दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ। हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही सात हजार प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ।

प्रकाशित: २७ मंसिर २०८२ १३:०४ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast