मुलुकलाई अगाडि बढाउन केपी ओलीकै नेतृत्व अपरिहार्य छ : बस्नेत

हिमाल प्रेस २९ मंसिर २०८२ १५:०० | Monday, December 15, 2025
14
SHARES
मुलुकलाई अगाडि बढाउन केपी ओलीकै नेतृत्व अपरिहार्य छ : बस्नेत

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन्।

सोमबार भृकुटिमण्डपस्थित महाधिवशेनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टीमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाक्नसक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरुको टीम ओलीले बनाएको समेत बताए।

बस्नेतले ईश्वर पोखरेलले बरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भए पनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे।

केपी ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहराइएको छ।

त्यस्तै उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्टलगायत छन् भने सचिवमा पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन्।

प्रकाशित: २९ मंसिर २०८२ १५:०० | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast