पार्टीको नेतृत्व फेरि केपी ओलीले गर्नुपर्छ : थापा

हिमाल प्रेस १९ मंसिर २०८२ १७:२२
16
SHARES
पार्टीको नेतृत्व फेरि केपी ओलीले गर्नुपर्छ : थापा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षडयन्त्र चिर्नुपर्ने बताएका छन्।

प्रेस चौतारीले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तक्र्रियामा थापाले विभिन्न शक्तिहरुले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिरहेको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका हुन्।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर भए पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखे।

थापाले सिंगो कम्युनिस्ट आन्दोलनाई समेत एकताबद्ध गर्नुपर्ने अवस्थामा फेरि पनि अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

प्रतिष्पर्धाको नाममा हुने गतिविधिले पार्टीलाई नै कमजोर बनाउने उनले बताए। त्यस्तै उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउनु अपरिहार्य भएकोले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने उल्लेख गरे।

प्रकाशित: १९ मंसिर २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast