केपी ओली र एमाले जनताको कठघरामा उभिन बाँकी नै छ : रक्षा बम

हिमाल प्रेस ४ पुष २०८२ ६:२२ | Friday, December 19, 2025
6
SHARES
केपी ओली र एमाले जनताको कठघरामा उभिन बाँकी नै छ : रक्षा बम

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा तेस्रोपटक केपी शर्मा ओली निर्वाचित भएपछि नेपाल जेनजी फ्रन्ट संयोजक रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमा ‘ओली जनताको कठघरामा उभिन बाँकी नै रहेको’ बताएकी छन्।

एमाले महाधिवेशनले भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरेको टिप्पणी पनि उनले गरेकी हुन्।

‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे … जनताको कठघरामा उभिएका होइनन्। जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए। जनताले ब्यालेट बक्समा सुनाउने छन्,’ रक्षाले भनेकी छन्।

‘तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान्। आखिर उनीहरूले बादशाहको नयाँ पोसाकलाई उम्दा छ भन्नैपर्छ। तर भीड माझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नांगो छ भन्दै छन्/भनिरहेकै छन्। हिस्सेदारहरूले याद गरून्, प्रत्येक इतिहासले क्रूर तानाशाहलाई रिसाउँदै घृणाले नै पढेको छ,’ उनी थप लेखेकी छन्।

प्रकाशित: ४ पुष २०८२ ६:२२ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast