केन्टद्वारा आईसीसी टी-२० विश्वकप लक्षित विशेष उपहार योजना सार्वजनिक

हिमाल प्रेस २९ मंसिर २०८२ १३:०९ | Monday, December 15, 2025
4
SHARES
केन्टद्वारा आईसीसी टी-२० विश्वकप लक्षित विशेष उपहार योजना सार्वजनिक

काठमाडौँ- ‘विश्वकै अग्रणी’ पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।

‘Match Ready with Pure Water’ नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव लिने अवसर पाउनेछन्।

यसयोजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले भारतको मुम्बईस्थित वानखेड़े स्टेडियम मा आयोजना हुने नेपाल बनाम इङ्ल्याण्ड आईसीसी टी-२० विश्वकप खेलको नि:शुल्क टिकट प्राप्त गर्न सक्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात/५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि ‘Most Trusted Brand in Nepal’ का रूपमा स्थापित छ।

अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरहरूले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएका छन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Kent Warranty Card No., Product Name, Customer Name र Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।

यससम्बन्धी थप जानकारीका लागि केन्टका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत जानकारी लिन सकिनेछ।

प्रकाशित: २९ मंसिर २०८२ १३:०९ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast