काठमाडौँको तापक्रम यस वर्षकै सबैभन्दा कम

हिमाल प्रेस ८ पुष २०८२ १२:५५ | Tuesday, December 23, 2025
12
SHARES
काठमाडौँको तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाडौँ- पछिल्ला दिनमा चिसो बढ्दो छ। तराईमा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन्।

हिमाली क्षेत्रमा हिमपात जारी छ। काठमाडौँ उपत्यकालगायत जिल्लामा पनि तापक्रम र मौसमको उतारचढाव जारी छ। सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ।

हिजो ६ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव ९ डिग्रीमा झरेको छ। यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए। गत मंसिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो।

आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ। मौसमविद् दाहालले भने,‘तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो।’

आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ।

प्रकाशित: ८ पुष २०८२ १२:५५ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast