विद्यार्थीलाई शारीरिक-मानसिक यातना नदिन काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस २ पुष २०८२ १२:२४ | Wednesday, December 17, 2025
28
SHARES
विद्यार्थीलाई शारीरिक-मानसिक यातना नदिन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नदिन सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।

केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भन्दै विद्यालयमै जथाभावी मुन्डन गरिदिने कार्यबाट विद्यार्थीमा गम्भीर मनोवैज्ञानिक असर परेको गुनासो प्राप्त भएपछि महानगरपालिकाले यस्तो निर्देशन जारी गरेको हो।

महानगरपालिकाको शिक्षा विभागले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ। साथै नियम १३३ (१) (ट) मा विद्यार्थीलाई कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ।

महानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीको आत्मसम्मान, मानसिक स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै आचारसंहिता पालना गर्न गराउन आग्रह गरेको छ। विद्यार्थीलाई दण्ड दिने नाममा हुने कुनै पनि अपमानजनक, जबरजस्ती वा हिंसात्मक व्यवहार सह्य नहुने महानगरपालिकाको भनाइ छ।

प्रकाशित: २ पुष २०८२ १२:२४ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast