काठमाडौँ–३ का सांसद चालिसेमाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २८ मंसिर २०८२ १६:४१ | Sunday, December 14, 2025
22
SHARES
काठमाडौँ–३ का सांसद चालिसेमाथि भ्रष्टाचार मुद्दा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता सन्तोष चालिसेमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

२०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका चालिसेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर भएको जानकारी दिए।

उनका अनुसार अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ मागदाबी गरेको छ।

चालिसे गोकेर्णेश्वर नगरपालिकाका पूर्वमेयरसमेत हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–३ बाट उनी सिफारिस भएका छन्।

प्रकाशित: २८ मंसिर २०८२ १६:४१ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast