काशीनाथ अधिकारीको प्रस्ताव : समानुपातिक र राष्ट्रियसभामा ०४७ भन्दा यता अवसर नपाएकालाई मात्र ल्याउँ

हिमाल प्रेस १२ पुष २०८२ ८:०७ | Saturday, December 27, 2025
22
SHARES
काशीनाथ अधिकारीको प्रस्ताव : समानुपातिक र राष्ट्रियसभामा ०४७ भन्दा यता अवसर नपाएकालाई मात्र ल्याउँ

काठमाडौँ- नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिक तर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्‍याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीहरुले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त पहिले अवसर पाएकालाई अब दिनै नहुने बताएका छन्।

‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौं । कम्तीमा नेकपा एमालेले नगरोस’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेख्नुभएको छ ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस ।’

अधिकारीले यस्तो अवसर पनि न्याचित वितरण होस भन्ने माग गर्नु भएको छ । पार्टीमा पद र अवशरका लागि थिती बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ। फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउने समयसिमा दिएको छ।

प्रकाशित: १२ पुष २०८२ ८:०७ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast