जुम्ला कांग्रेसले सिफारिस गर्‍यो प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा उम्मेदवार

हिमाल प्रेस २९ मंसिर २०८२ १६:५२ | Monday, December 15, 2025
28
SHARES
जुम्ला कांग्रेसले सिफारिस गर्‍यो प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेस जुम्लाले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रसमा उम्मेदवार सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ सिफारिस हुनेमा कर्णबहादुर शाही, कालिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्कबहादुर सेजुवाल छन्।

समानुपातिकतर्फ जुम्ला कांग्रेसले कुल १४ जनालाई सिफारिस गरेको छ। समानुपातिक सूचीमा दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेकलाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नेत्रकला शाही, पूर्णजंग हमाल, नविना केसी, जयश्री आचार्य, लालबहादुर जि.सी र रञ्जव अलि मनिहार रहेका छन्।

त्यसैगरी, राष्ट्रियसभाका लागि चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। राष्ट्रियसभा सदस्यमा ललितजंग शाही, भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेत सिफारिस भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ।

प्रकाशित: २९ मंसिर २०८२ १६:५२ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast