निर्वाचनको तयारीमा जुट्यो जसपा नेपाल

हिमाल प्रेस २५ मंसिर २०८२ १५:२८ | Thursday, December 11, 2025
20
SHARES
निर्वाचनको तयारीमा जुट्यो जसपा नेपाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।फाइल तस्बिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित संगठनात्मक कार्यमा खटाएको छ।

आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल र गाउँ समिति शीघ्र गठन गर्नेलगायतका संगठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ।’

त्यसैगरी चुनावी प्रचारप्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्य योजनाबद्ध रुपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम तथा कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचारप्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरुले प्रत्येक क्षेत्रको मतदाता तथ्यांक संकलन, संगठनको स्थिति, प्रतिस्पर्धी दलको अवस्था समेटेर नियमित रुपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवार सफल हुने सम्भावना उच्च रहेका क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्यांक संकलन तथा विश्लेषणका लागि नतिजामुखी काम गर्न निर्देशन दिइएको बस्नेतले बताए।

प्रकाशित: २५ मंसिर २०८२ १५:२८ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast