जसपाद्वारा देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन

हिमाल प्रेस २२ मंसिर २०८२ ८:०६
2
SHARE
जसपाद्वारा देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभरिकै जिल्ला प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

उक्त पार्टीले संविधान संशोधन तथा पुनर्लेखन गरी राष्ट्रिय समास्याको समाधान गरी मुलुकलाई निकास दिनुपर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्नेलगायत २८ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि, जसपाले २८ बुँदे माग सार्वजनिक गर्दै शीघ्र कार्यान्वयनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यही मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनका लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलनस्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ।

विज्ञप्ति भनिएको छ, ‘जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेनजी विद्रोहलाई दबाउन भएको दमन, त्यस क्रममा भएका हिंसा, हत्या, आगजनी विध्वंशजस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न हाम्रो माग छ ।’

प्रकाशित: २२ मंसिर २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast