पत्रकार कृष्ण गिरी कञ्चनपुरबाट उम्मेदवार सिफारिस

हिमाल प्रेस १५ पुष २०८२ ८:३१ | Tuesday, December 30, 2025
308
SHARES
पत्रकार कृष्ण गिरी कञ्चनपुरबाट उम्मेदवार सिफारिस पत्रकार कृष्ण गिरी।

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी(नेकपा) कञ्चनपुरले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। कञ्चनपुर क्षेत्र नं. १ बाट पहिलो नम्बरमा पत्रकार कृष्ण गिरी सिफारिस भएका छन्।

राजधानीमा बसेर लामो समय राजनीतिक विटमा कलम चलाउने गिरी अब राजनीतिक क्षेत्रमा क्रियाशिल हुन चाहेका छन्। माओवादीका पूर्वलडाकु समेत रहेका उनी गृहक्षेत्र कन्चनपुरबाट उम्मेदवार बन्ने तरखरमा छन्। यसअघिबाटै चुनाव लड्ने तयारी गरे पनि यसपटक मात्रै मौका पाउन लागेका हुन्।

उनीसँगै सोही क्षेत्रबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर तेस्रो नम्बरमा सिफारिस भएकी छिन् । पहिलो नम्बरमा कृष्णराज गिरी सिफारिस भएका छन्। उनी पत्रकार हुन्। यो क्षेत्रबाट पाँच जना सिफारिस भएका छन् । अन्यमा लोकेन्द्र लम्साल, जीवनराज थापा र भक्तबहादुर अधिकारी रहेका छन् । बिनाले यो क्षेत्रबाट तीन पटक निर्वाचन लडेर दुई पटक पराजित र एक पटक विजयी भएर मन्त्रीसम्म बनिसकेकी छिन् ।

प्रकाशित: १५ पुष २०८२ ८:३१ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast