ओलीको प्यानलमा परिनन् झाँक्री

हिमाल प्रेस २९ मंसिर २०८२ ११:५५ | Monday, December 15, 2025
44
SHARES
ओलीको प्यानलमा परिनन् झाँक्री

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनका पदाधिकारीका उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ। यसपटक दुई प्यानल बनाएर नेताहरू भिड्ने हुँदा धेरै उम्मेदवार निश्चित छन्। तर पनि केही अनुमान गरिएका नामहरू कुनै प्यानलमा परेका छैनन्। यसैमध्येकी एक नेत्रृ हुन्, रामकुमारी झाँक्री।

झाँक्री केहीसमयअघि मात्रै एमाले प्रवेश गरेकी थिइन्। विद्यार्थी राजनीति हुँदै मूल राजनीतिमा आएकी झाँक्री माधव नेपाल, झलनाथ खनालले पार्टी विभाजन गर्दा एमाले छाडेकी थिइन्। एकीकृत समाजवादी नै नेकपा माओवादी केन्द्रसँग एकता गर्दा झाँक्रीसहितका नेताहरूले एमालेमै फर्किने निर्णय लिए। एमालेमा फर्किएसँगै उनी सचिव पदकी दाबेदार थिइन्।

उनीनिकट विश्वमणि सुवेदीसहितका नेताहरूले झाँक्रीलाई पदाधिकारीको दाबेदार भन्दै प्रचार गरेका थिए। तर अहिले उनको नाम ओलीको लिष्टमा छैन। ओली समूहबाट सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ। अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र ज्वालाकुमारी साह उम्मेदवार बन्ने भएका छन्। झाँक्रीले भने महाधिवेशन स्थलमा आफूले विगतमा गल्ती गरेको भन्दै मत मागिरेहकी छन्।

पोखरेल समूहबाट सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा नाम छ। दुवै समूहले उम्मेदवार टुंगो लगाएका छन्। आजै बेलुका मतदान समेत हुने जनाइएको छ। केहीदिनअघि एमालेको महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशनको उद्घाटनशत्र भक्तपुरको सल्लाघारीमा भए पनि बन्दसत्रका कार्यक्रम भृकुटीमण्डपमा गरिँदैछ।

प्रकाशित: २९ मंसिर २०८२ ११:५५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast