इलाम १ बाट प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्ष दुवैमा झलनाथ खनालको नाम सिफारिस

हिमाल प्रेस १२ पुष २०८२ ६:५३ | Saturday, December 27, 2025
18
SHARES
इलाम १ बाट प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्ष दुवैमा झलनाथ खनालको नाम सिफारिस

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतिर राखेर नेपाली कम्युनिस्ट पार्टी इलामले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा इलामले जानकारी दिएको छ। फिक्कलमा शुक्रबार विजय खम्बुको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने उम्मेदवारको नाम टुंगो लगाएको हो।

पार्टीले पूर्वप्रधानमन्त्री खनाललाई इलाम १ बाट प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सिफारिस गरेको छ। खनाललाई प्रत्यक्षतर्फ इलाम निर्वाचन क्षेत्र नम्बर १ र समानुपातिकतर्फ खस आर्य समूहबाट सिफारिस भएका हुन्।

अहिले नेकपाको तेस्रो वरियतामा रहेका नेता खनाल २०७९ को चुनावमा सोही क्षेत्रमा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।
खनालसँगै खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेलको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको छ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ओम गुरूङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई (मिसन) र नयन राई सिफारिसमा परेका छन्। पार्टीले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टरबाट उम्मेदवारको नामावली पनि सिफारिस गरेको छ।

खस आर्य समूहबाट झलनाथ खनाल, आदिवासी जनजाति समूहबाट हर्क लावती (कान्छा), खुल्ला समूहबाट भक्त लुङेली, टेकबहादुर राई र लालबहादुर सुब्बा, दलित समूहबाट लक्ष्मण घतानी तथा महिला समूहबाट सावित्रीदेवी राई सिफारिस भएका छन्।

पार्टीले राष्ट्रिय सभा सदस्यका लागि पनि उम्मेदवार सिफारिस गरेको छ। खस आर्य समूहबाट भक्त केसी र सावित्रा गड्तौला, दलित समूहबाट चित्रकला बराइली र दीपक सिन्चिउरी, तथा खुला महिला समूहबाट सावित्रा पोख्रेल सिफारिसमा परेका छन्।

 

प्रकाशित: १२ पुष २०८२ ६:५३ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast