जनमत मधेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा नेपालमा प्रवेश

हिमाल प्रेस २ पुष २०८२ १८:०४ | Wednesday, December 17, 2025
60
SHARES
जनमत मधेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा नेपालमा प्रवेश

काठमाडौँ- जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्। बुधबार बालकुमारीस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे।

पार्टी प्रवेशपछि चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रुपमा अगाडि बढाउन जसपा नेपाल उपयुक्त शक्ति भएको बताए।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २ पुष २०८२ १८:०४ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast