काठमाडौँमा बढ्यो चिसो, कति छ आजको तापक्रम?

हिमाल प्रेस ५ पुष २०८२ ६:३९ | Saturday, December 20, 2025
8
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति छ आजको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजो शुक्रबार भने यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.२ डिग्री सेल्सियस कायम भएको थियो।

बिहान ५:४५ बजेको तथ्यांक सुरुवाती मापन भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ। सबैभन्दा तल पुगेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।

प्रकाशित: ५ पुष २०८२ ६:३९ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast